राष्ट्रपतिले दुई बहिनीसँग भाइटीका लगाउने

राष्ट्रपतिले दुई बहिनीसँग भाइटीका लगाउने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको टीका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको साइतमा दुई बहिनीहरूका हातबाट टीका लाउने उनको सचिवालयले जनाएको छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ।

टीका लगाइदिने पूर्व र टीका थाप्ने पश्चिम फर्केर टीका लगाउनुपर्ने धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।

कात्तिक २९, २०८० बुधबार ०८:५६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।