भाइटीकाको दिनको मौसम : तत्कालै पानी परिहाल्ने सम्भावना छैन तर हिमाली भेगमा हिमपात हुनसक्छ

भाइटीकाको दिनको मौसम : तत्कालै पानी परिहाल्ने सम्भावना छैन तर हिमाली भेगमा हिमपात हुनसक्छ

काठमाडौं : भाइटीकाको दिन बुधबार देशैभरको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही समय बादल लाग्ने देखिए पनि तत्कालै पानी नै परिहाल्ने अवस्था भने नरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भने हिमपातको सम्भावना छ।

मौसमविद सञ्जीव अधिकारीका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि वर्षा गराउने प्रणाली विकास गराउन सक्ने प्रणालीको विकास भने भइसकेको छैन। 

तिहार शुरू भएलगत्तै देशभरको तापक्रम समेत घट्दै गइरहेको महाशाखाले जनाएको छ।

कात्तिक २९, २०८० बुधबार ०८:०६:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।