घर-घर छिरेर तास खेलेको आरोपमा पक्राउ गर्दै प्रहरी विभिन्न जिल्लामा ९० जना समातिए

घर-घर छिरेर तास खेलेको आरोपमा पक्राउ गर्दै प्रहरी विभिन्न जिल्लामा ९० जना समातिए

काठमाडौँ : तिहारमा जुवातास खेलेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट ९० जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँबाट १७ जना, कञ्चनपुरबाट ४२, सिन्धुलीबाट चार, डडेलधुराबाट १३, दार्चुलाबाट सात र सङ्खुवासभाबाट सात गरी ९० जना पक्राउ परेका हुन्।

काठमाडौँको शङ्खरापुर नगरपालिका–१ नाङ्लेभारेमा आठ जना पक्राउ परे। उनीहरूको साथबाट ७६ हजार  रुपैयाँ र एक बुक तास फेला परेको प्रहरीले जानकारी दिएको छ।

नाङ्लेभारेमा रहेको शिव मन्दिरमा जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परे। उनीहरूको साथबाट ४० हजार फेला परेको थियो।

कञ्चनपुर, भीमदत्त नगरपालिका–१७ बाँसखेडामा २८ जना दुई लाख ५८ हजार रुपैयाँ र ताससहित पक्राउ परेका थिए। मझगाउँमा मनोज रेस्टुरेन्टमा छ जना २५ हजार रुपैयाँसहित पक्राउ परेका थिए।

कञ्चनपुर, बेलौरी नगरपालिका–६ दुम्लीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट प्रहरीले २२ हजार र एक बुक तास फेला पारेको थियो।

सिन्धुली, सुनकोसी गाउँपालिका–६ खाल्टेमा घरमा जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परे। उनीहरूबाट २२ हजार एक बुक ताससँगै ३३ वटा कौडा समेत फेला परेको थियो।

डडेलधुराको अमरगढी नगरपालिका–१ मौरडामा १३ जना २१ हजार रुपैयाँसहित पक्राउ परे। दार्चुला, महाकाली नगरपालिका–५ गल्फैमा सात जना ४३ हजार नगद र तासको गड्डी छ थानसहित पक्राउ परेका थिए।

सङ्खुवासभा, चैनपुर नगरपालिका–३ तीनखोप्रेमा घरमा तास खेलिरहेको बेलामा सात जना ३८ हजार तीन सय र  एक बुक ताससहित पक्राउ परेका थिए।

कात्तिक २८, २०८० मंगलबार १९:४९:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।