भूकम्पमा परि मृत्यु भएका परिवारलाई ६७ लाख नगद राहत वितरण

भूकम्पमा परि मृत्यु भएका परिवारलाई ६७ लाख नगद राहत वितरण
फाईल फोटो

काठमाडौं : गत कात्तिक १७ गते राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि मृत्यु भएका ४१ जना मृततका परिवारलाई ६७ लाख नगद राहत वितरण गरिएको छ।

भूकम्पमा परी मृत्यु भएका जाजरकोटको सानीभेरी गाउँपालिकामा र आठबीसकोट नगरपालिकामा राहत वितरण उक्त राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी बताए।

सानीभेरी गाउँपालिकाका १० जना मृतकका ६ घरपरिवारलाई १६ लाख र आठबीसकोट नगरपालिकाका ३१ मृतकका २० घरपरिवारलाई ५१ लाख गरेर जम्मा ६७ लाख नगद राहत रकम बाँडिएको पन्तले बताए।

संघीय सरकारबाट प्राप्त भएको नगद राहत रकम मृतकका परिवारलाई बाँडिएको हो। सरकारले निर्णय गरे अनुसार प्रति मृतक २ लाखका दरले नगद राहत वितरण गरिएको छ।

एकै घरका एक जनाभन्दा बढीको मृत्यु भएको हकमा भने एक जनालाई दुई लाख र बाँकीलाई एक लाखका दरले थप रकम दिइएको बताइएको छ। 

कात्तिक २८, २०८० मंगलबार १४:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।