राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट भाईटीका लगाउने

राष्ट्रपति पौडेलले बहिनीहरू शारदा र चन्दाको हातबाट भाईटीका लगाउने
फाईल फोटो

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट तिहारको भाईटिका लगाउने भएका छन्।

राष्ट्रपति पौडेलले विहान बुधबार बिहान १० बजेर ५१ मिनेटमा बहिनीहरू शारदा र चन्दाको हातबाट टिका र आर्शिवाद लिने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको छ।

भाइटीकाको उत्तम साइत बुधबार बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने पञ्चांग निर्णायक समितिले जनाएको छ। 

कात्तिक २८, २०८० मंगलबार १३:५६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।