सुन पसलमा लागेको आगो निभाउने क्रममा घाइते भएका १० जनालाई सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइयो

सुन पसलमा लागेको आगो निभाउने क्रममा घाइते भएका १० जनालाई सेनाको स्काइ ट्रकमार्फत काठमाडौं ल्याइयो

काठमाडौं : मोरङको उर्लाबारीमा आइतबार राति सुन पसलमा लागेको आगो निभाउने क्रममा घाइते भएका १० जनालाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ।

कीर्तिपुरको बर्न अस्पतालमा थप उपचार गर्न उनीहरुलाई नेपाली सेनाको स्काइ ट्रकमार्फत् बुधबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दुर्गा रेग्मीले जानकारी दिए।

आगलागी भई ग्यास सिलिण्डर विष्फोट हुँदा  र आगो निभाउने क्रममा ४ प्रहरीसहित २८ जना घाइते भएका थिए।  

कात्तिक २८, २०८० मंगलबार १३:३०:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।