समाजिक विसंगति नियन्त्रण गर्न टिकटकमा प्रतिबन्ध : प्रधानमन्त्री प्रचण्ड

समाजिक विसंगति नियन्त्रण गर्न टिकटकमा प्रतिबन्ध : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक विसंगति नियन्त्रण गरि पारिवारिक एकता कायम राख्न सामाजिक सञ्चाल  टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको बताएका छन्। 

आज (मंगलबार)  भक्तपुरमा नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजिक सद्भाव भड्काउने, अराजकता फैलाउने खालका प्रवृत्ति बढेको भन्दै टिकटकमा प्रतिबन्ध लगाउनुपरेको बताए। 

अन्तर्राष्ट्रियस्तरमा सबैभन्दा लोकतान्त्रिक र विकसित देशले अपनाएका कुराको अध्ययन गरेर नै टिकटकमा प्रतिबन्ध लगाउन लागेको उल्लेख गरे। 

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

कात्तिक २८, २०८० मंगलबार १२:२८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।