भारत-न्यूजिल्याण्ड क्रिकेट म्याचको टिकट कालोबजारी, २५ सयको टिकटको मूल्य ५० हजार

भारत-न्यूजिल्याण्ड क्रिकेट म्याचको टिकट कालोबजारी, २५ सयको टिकटको मूल्य ५० हजार

एजेन्सी : बुधबार भारत र न्यूजिल्याण्डबीच हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलको टिकटको कालोबजारी गरेको आरोपमा मुम्बई प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मुम्बई पुलिसका डीसीपी प्रवीण मुंडेलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले आकाश महेश कोठारी नामका व्यक्तिलाई पक्राउ गरेर मुद्दा दर्ता गरेको जनाएको छ।

कोठारीलाई मलाडस्थित उनको घरबाटै हिरासतमा लिइएको अर्का प्रहरी अधिकारीले जानकारी दिए।

डीसीपी मुन्डेका अनुसार न्युजिल्यान्ड र भारत विश्वकपको खेलको टिकट २ हजार ५०० देखि ४ हजारसम्म हुने गरेकोमा २५ हजारदेखि ५० हजार रूपैयाँमा बिक्री भइरहेको थियो।

सूचना पाएपछि प्रहरीले शंकास्पदलाई सम्पर्क गरी कारबाही गरेको उनले बताए। यस विषयमा थप अनुसन्धान जारी रहेकफ पीटीआईले आफ्नो समाचारमा उल्लेख गरेको छ।

कात्तिक २८, २०८० मंगलबार ०९:४९:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।