बुर्किना फासोमा एक गाउँमा आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी : पश्चिम अफ्रिकी देश बुर्किना फासोको एउटा गाउँमा अज्ञात व्यक्तिले गरेको आक्रमणमा परी कम्तीमा ७० जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अधिकांश वृद्धवृद्धा र बालबालिका रहेको बताइएको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अज्ञात आक्रमणकारीहरूले नोभेम्बर ५ मा बुर्किना फासोको उत्तरी क्षेत्रको जाङ्गो गाउँमा आक्रमण गरेका थिए।
आक्रमणकारीहरूले मानिसहरूलाई मार्ने मात्र होइन तिनीहरूको सम्पत्तिमा आगो लगाएको समाचारमा उल्लेख छ।
११ नोभेम्बरमा, घटनास्थलमा पठाइएको न्यायिक टोलीले कम्तिमा ७० जनाको मृत्यु भएको पत्ता लगाएको थियो।
सरकारी वकिलले सोमबार जारी गरेको विज्ञप्तिमा मृत्यु हुने र बेपत्ता हुनेको यकिन संख्या अझै यकिन हुन नसकेको बताए। तर, अनुसन्धान जारी छ।
युरोपेली संघले आइतबार जाओङओ गाउँमा ‘करिब १००’ व्यक्तिको नरसंहारको छानबिन गर्न अधिकारीहरूलाई आह्वान गरेको छ।
बुर्किना फासो विगत केही वर्षदेखि रक्तपातपूर्ण द्वन्द्व चलिरहेको पश्चिम अफ्रिकी देश हो।
कात्तिक २८, २०८० मंगलबार ०९:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।