भाइटीकाको दिन दुई प्रदेशमा आंशिक बदली

भाइटीकाको दिन दुई प्रदेशमा आंशिक बदली

काठमाडौं : अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिक बदली छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू-भागको मौसम सामान्यतया सफा छ।

आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।

आज राति पनि देशका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

बुधबार भाइटीकाका दिन कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

कात्तिक २८, २०८० मंगलबार ०८:२६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।