उदयपुरमा २१ वर्षीया युवती बलात्कृत, एक पुरुष पक्राउ

उदयपुरमा २१ वर्षीया युवती बलात्कृत, एक पुरुष पक्राउ

उदयपुर : २१ वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका-१ बाँस्बोटे बस्ने २५ वर्षीय टबिन्द्र राई रहेका छन्। उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

राईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कात्तिक २८, २०८० मंगलबार ०७:२५:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।