सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने हिजबुल्लाह नेताको घोषणा

सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने हिजबुल्लाह नेताको घोषणा
फाईल फोटो

एजेन्सी : हिजबुल्लाह नेताले दक्षिण लेबनानबाट इजरायललाई दबाब जारी राख्ने बताएका छन्।

हिजबुल्लाह नेता सय्यद हसन नसरल्लाहले इरान समर्थित सशस्त्र समूहले सैन्य कारबाही गरेर दक्षिणी लेबनानबाट इजरायललाई दबाब दिने बताएका हुन्।

टेलिभिजन सम्बोधनमा नसरल्लाहले इजरायलको धम्कीको बाबजुद हमासले दक्षिणी इजरायलमा अचम्मको हमला गरेको एक दिनपछि हिज्बुल्लाहले अक्टोबर ८ देखि सैन्य कारबाही गरिरहेको बताएको एजेन्सीले उल्लेख गरेको छ। 

जसमध्ये अधिकांश ड्रोनबाट हमला भएको थियो। सशस्त्र समूहले इजरायलको विरुद्ध कारबाही बढाएको छ। 

गत हप्तादेखि बुर्कान मिसाइलहरू तैनाथ गर्दै र दैनिक आधारमा टोही ड्रोनहरू पठाउँदैछ। जसमध्ये केही इजरायली शहर हाइफासम्म पुगेका नसरल्लाहले बताए।

कात्तिक २७, २०८० सोमबार १४:४६:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।