टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँड्यो : महामन्त्री थापा

टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार उल्टो बाटो हिँड्यो : महामन्त्री थापा
फाईल फोटो

काठमाण्डौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेर सरकार उल्टो बाटोमा हिँडेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न आवश्यक भएपनि नियमन गर्ने नाममा बन्द गरिनु गलत भएको उनको भनाइ छ।

उनले फेसबुकमा लेखेका छन, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निरुत्साहित गर्न नियमन आवश्यक छ तर सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा बन्द गरिनु सरासर गलत हो। यो एउटा सामाजिक सञ्जाल बन्द गर्ने-नगर्नेभन्दा पनि यो सरकारको नियतको विषय हो।’

यसअधि सोमवार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो। 

सामाजिक सद्भाव भड्काउने गतिविधी बढेको भन्दै सरकारले टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

कात्तिक २७, २०८० सोमबार १४:३१:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।