सांसद विकास कोषकाे ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको राहत र पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय

सांसद विकास कोषकाे ८ अर्ब २५ करोड रुपैयाँ भूकम्पपछिको राहत र पुनर्निर्माणमा खर्च गर्ने सरकारको निर्णय
फाईल फोटो

काठमाडौं : सरकारले सांसद विकास कोषको आठ अर्ब २५ करोड रुपैयाँ जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प प्रभावित क्षेत्रको राहत तथा पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याइएको ८ अर्ब २५ करोड रुपैयाँ हाललाई भूकम्पपछिको राहात, र पुनर्निर्माणमा खर्च गर्ने निर्णय गरेको हो।

उक्त रकमलाई विपद् व्यवस्थापन कोषमा सार्ने र थप एक एक अर्ब ७५ करोडसमेत कोषमा थप गररेर जम्मा १० अर्ब विपद् व्यवस्थापनका लागि उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले मिलाउने निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। 

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठुलो धनजनको क्षति गरेको थियो। भूकम्पमा परी एक सय ५४ जनाले ज्यान गुमाएका थिए भने सयौं घाइते भउका थिए। 

कात्तिक २७, २०८० सोमबार १३:५९:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।