सामाजिक सञ्चाल टिकटकमा तत्काल प्रतिबन्ध लगाउने सरकारको निर्णय

सामाजिक सञ्चाल टिकटकमा तत्काल प्रतिबन्ध लगाउने सरकारको निर्णय

काठमाडौं : सरकारले नेपालमा सामाजिक सञ्चाल टिकटकमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको  हो। 

पछिल्लाे समय सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटक बन्द गराउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्। 

टिकटक बन्द गराउन आवश्यक कदम अगाडि बढाउन सञ्चार मन्त्रालयमा पत्र पठाउने सहमति भएको उनले बताइन्।

‘आज निर्णयमात्रै भएको हो र यसलाई बन्द गर्न के-के गर्नुपर्ने हो मन्त्रालयले प्रक्रियामा लैजान्छ’, उनले भनिन्। 

कात्तिक २७, २०८० सोमबार १३:४२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।