उत्तरकाशीमा सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल, उद्धार जारी

उत्तरकाशीमा सुरुङ भत्किएर फसेका ४० कामदार सकुशल, उद्धार जारी

एजेन्सी : भारतको उत्तरकाशीमा भत्किएको निर्माणाधीन सुरुङस्थ भत्किएर फसेका ४० कामदार सकुशल रहेको बताइएको छ। 

उनीहरुुलाई भग्नावशेषबाट उद्धार गर्ने कार्य जारी रहेको प्रहरीले जनाएको छ। 

उद्धार टोली सुरुङको १५ मिटरभित्रसम्म पस्न सफल भएको छ। उद्धारकर्मीहरूले सुरुङभित्र फसेका ४० जना कामदारको स्थानसम्म पुग्न अझै ३५ मिटरको फोहर हटाउन बाँकी रहेको बताएका छन्।

साथै फसेका कामदारसँग सञ्चार स्थापित गर्न सक्षम भएको उनीहरूले बताएका छन् । 

शनिबार ब्रह्मखाल-पोलगाउँको सिल्क्यारा तर्फको विन्दुभन्दा करिब दुई सय मिटर अगाडि सुरुङको एक भाग भत्केको थियो।  
 

कात्तिक २७, २०८० सोमबार १३:२४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।