सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते

सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते

काठमाडौं : मोरङको एक सुन पसलमा लागेको आगो निभाउने क्रममा २५ जना घाइते भएका छन्।

उर्लाबारी नगरपालिका-७ स्थित दीपक कार्कीको घरमा रहेको सुन पसलमा आइतबार राति लागेको आगो निभाउने क्रममा २५ जना घाइते भएका मोरङ प्रहरीले जनाएको छ।

पसलभित्र आगलागी भएपछि आगो निभाउन सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते बताइएको छ।

विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।

घाइतेहरूको झापाको बिर्तामोड, विराटनगर उर्लाबारीको गोदावरी तथा अरनिको अस्पतालमा उपचार भइरहेको भइरहेको प्रहरीले जनाएको छ। 

कात्तिक २७, २०८० सोमबार १२:४७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।