लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु

लक्ष्मीपूजा गर्ने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु
सांकेतिक तस्बिर ।

काठमाडौं : भक्तपुरमा आइतबार लक्ष्मी पूजा गर्ने क्रममा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। 

आफ्नै घरमा पूजा गर्ने क्रममा आगलागी हुँदा मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीकी ८३ वर्षीया सावित्रीदेवी दाहालको ज्यान गएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रहरीका अनुसार हिजो बेलुका साढे पाँच बजे पूजा गर्ने क्रममा दाहालको कपडामा आगो सल्किएको थियो।

कात्तिक २७, २०८० सोमबार १२:१९:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।