भारतमै आलोचित 'टाइगर ३' का कारण 'दिमाग खराब'को शो खुम्चियो, टाइगरलाई ३७६ शो

भारतमै आलोचित 'टाइगर ३' का कारण 'दिमाग खराब'को शो खुम्चियो, टाइगरलाई ३७६ शो

काठमाडौँ : सलमान खान अभिनीत टाइगर थ्री नेपालमा समेत रिलिज भएपछि हलमा राम्रै व्यापार गरिरहेको 'दिमाग खराब'को सोहरू घटेको छ।

शनिवार दुई सय बढी शो पाएको दिमाग खराबले सोमबार जम्मा ११२ शो पाएको छ।
उता टाइगर थ्रीलाई हल सञ्चालकहरूले ३ सय ७६ शो दिएका छन्।

संयोग दुबै फिल्म राजनीतिक विषयमा बनेेको छ। एउटा स्क्रिनप्ले बलियो छ, अर्कोको कमजोर।  दुुबैले तिहारको माहोल क्यास गर्ने प्रयास गरे। दिमाग खराबमा अतिथी कलाकार बनेेर निश्चल बस्नेतले सिठी खाइरहेका छन् टाइगरमा शाहरुख खानले।

पुरानै कथा र कमजोर दृष्टिकोणका कारण दिमाग खराबले मिश्रित प्रतिक्रिया पाइरहेको छ। स्क्रिनप्ले भने बलियो छ फिल्मको।
उता कमजोर स्क्रिनप्लेका कारण टाइगर थ्रीले खराब समीक्षा पाइरहेको छ। फिल्मको व्यापार मध्यम छ। तर नेपालमा रिलिज भएको दोस्रो दिन उच्च शो पाएको छ।

दिमाग खराबले अल्लारे राजनीतिलाई प्रोत्साहन गरे पनि प्लट र कलाकारहरूको अभिनय उम्दा छ। उता भारतीय समीक्षकहरूले टाइगर थ्रीलाई सिक्वेलको सबैभन्दा कमजोर फिल्म भएको प्रतिक्रिया दिइरहेका छन्।

आजतकमा टाइगर थ्रीको समीक्षा गर्दै पल्लवीले लेखेकी छिन्' टाइगर थ्री हेर्न सलमान खानको प्रशंसकसँगै अन्य दर्शक उत्सुकतामा साथ पर्खाइमा थिए। तर यो फिल्म त्यति राम्रो देखिएन, जति अपेक्षा गरिएको थियो।  सलमान खानको चरित्रलाई टाइगर सिरिजमा स्वैगमा देखिएको थियो। 'टाइगर थ्री' मा टाइगरको स्वैग कम थकित बढी देखिएको छ।'

एनडिटिभीमा नरेन्द्र सैनीले लेखेका छन्'फिल्मको कथा एकदम कमजोर छ। एक्शन सीन अनि टाइगरले रोमान्चकता उत्पन्न गराउँदैन। शाहरुख खानको कैमियो पनि बलियो छैन। यी सबैको कारण कमजोर निर्देशनै हो।'

हिन्दुमा अनुज कुमार लेख्छन् 'सद्भावना र देशभक्ति को उत्साहका आधारमा टाइगर ३ तिहारको सिजनमा अगाडि बढ्न सक्छ। तर  भावी पिढीका लागि कुनै पदचाप छोड्न सक्दैन।'

कात्तिक २७, २०८० सोमबार ११:३१:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।