नेपाल लाइफ इन्स्योरेन्सद्वारा भूकम्प प्रभावितका लागि दश लाख बराबरको राहत सामाग्री प्रदान
काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जाजरकोट र रुकुमका भुकम्प पीडितका लागि राहत सामाग्री वितरण गरेको छ। प्रभावित क्षेत्रको राहतको लागि कम्पनीले दश लाख रुपैयाँ बराबरको राहत सामाग्री उपलब्ध गराएको छ।
यस कम्पनीका कर्णाली प्रदेश प्रमुख अन्नत अधिकारीले नलगाड नगरपालिका, जाजरकोटका नगर प्रमुख डम्बर बहादुर रावतलाई २०० थान, भेरी नगरपालिकाका नगर प्रमुख दल बहादुर धर्तीलाई २०० थान र आठबिसकोट नगरपालिका रुकुम पश्चिम अन्तर्गत १४ नं वडाका अध्यक्ष हुकुम बहादुर पुनलाई ३०० थान गरि कुल ७०० कम्बल हस्तान्तरण गरे।
न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका भुकम्पबाट पीडित जनताका लागि कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ७०० थान कम्बल प्रदान गरेको हो।
भूकम्पका कारण बाहिर बस्नु परेको र चिसोका सामना गर्नु परेर दैनिक जीवन कस्टकर भैरहेको कारण कसैले पनि कठिन परिस्थिको सामना गर्नु नपरोस भन्ने उद्देश्यका साथ पीडित परिवारलाई कम्पनीले कम्बल वितरण गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले भूकम्प प्रभावित क्षेत्रका जनताको घाउमा मलम लगाउन सहयोग पुगोस् भन्ने अभिप्रायका साथ ७०० थान कम्बल प्रदान गरिएको बताए।
कात्तिक २६, २०८० आइतबार २०:३३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।