अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीले गर्यो एफआईआर दर्ता

अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो प्रकरण : दिल्ली प्रहरीले गर्यो एफआईआर दर्ता

एजेन्सी : भारतको संघीय राजधानी दिल्लीको प्रहरीले अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो प्रकरणमा एफआईआर दर्ता गरेको छ। 

दिल्ली प्रहरीको विशेष सेलले घटनाको अनुसन्धान गरिरहेको एजेन्सीले जनाएको छ। गत नोभेम्बर ६ मा सामाजिक सञ्जालमामा भाइरल भएको भिडियोमा रश्मिकाकै अनुहार भएकी महिला देखा परेकी थिइन्। 

भिडियोमा देखिएकी महिलालाई डिपफेक भिडियोमार्फत तयार गरिएकी रश्मिका मन्दानाको रूपमा देखाउने प्रयास गरिएको छ।

रश्मिकाले यसप्रति ‘दुःख’ व्यक्त गर्दै आफू जस्तो दुःख अरु कसैले नपरोस् भनेर जतिसक्दो चाँडो समाधान खोज्न आग्रह गरेकी थिइन्।

‘आज जसरी प्रविधिको दुरुपयोग भइरहेको छ, त्यसले मलाई मात्र नभई अन्य धेरैलाई पनि ठूलो नोक्सानी पुर्याउनसक्छ।’, रश्मिकाले लेखेकी छन्, ‘आज एक महिला र एक अभिनेतृको रूपमा, म मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु जो मेरो समर्थनमा छन्। तर यदि म स्कुल वा कलेजमा हुँदा यस्तो घटना भएको भए, मैले त्यसबेला कस्तो सामना गरेको थिएँ, म कल्पना गर्न सक्दिनँ।’

यस भिडियोका विषयमा अभिनेता अमिताभ बच्चनले कानूनी कारबाही गर्नुपर्ने समेत बताएका थिए। दिल्ली महिला आयोगले डीपफेक भिडियोबारे प्रहरीलाई सूचना जारी गरेको थियो।

सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले यस मामिलामा सोसल मिडियालाई चेतावनी दिएका छन्।

उनले डीपफेक प्रकरणमा सबै सोसल मिडियालाई नोटिस जारी गरी नियम पालना गर्न भनिएको जानकारी दिएका छन्।

कात्तिक २६, २०८० आइतबार १९:५४:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।