नेपाललाई विश्वकपमा पुर्याउन योगदान दिने तीन क्रिकेटरलाई सुदूरपश्चिम सरकारल १६ लाख रुपैयाँ पुरस्कार दिने
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो प्रदेशका राष्ट्रिय क्रिकेट टोलीका तीन जना सदस्यहरुलाई नगद १६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।
नेपाललाई टी-२० विश्व कपमा पुर्याउन योगदान दिएको भन्दै प्रदेश सरकारले दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी र सन्दीप जोरालाई पाँच-पाँच लाख रुपैयाँ पुरस्कारसहित सम्मान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।
एसियाली खेलकुदमा विश्व रेकर्ड बनाएका दीपेन्द्रलाई थप एक लाख रुपैयाँसहित ६ लाख रुपैयाँ पुरस्कार दिइने बताइएको छ।
उनले मङ्गोलियासँगको खेलमा नौ बलमै अर्धशतक प्रहार गर्दै विश्वकिर्तीमान बनाएका थिए।
कात्तिक २६, २०८० आइतबार १९:१०:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।