काठमाडौंमा एक जना मृत फेला

काठमाडौंमा एक जना मृत फेला
सांकेतिक तस्बिर ।

काठमाडौं : काठमाडौंमा एक जना पुरुष मृत फेला परेका छन्।

काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका गोकुल खड्काको शव फेला परेको प्रहरीले जनाएको छ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय खड्काको शव फेला प्रहरीले जनाएको हो।

यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कात्तिक २६, २०८० आइतबार १८:५४:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।