यूएई उड्यो विश्वकप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली
काठमाडौं : सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्र छनोटको दोस्रो चरणको प्रतियोगितामा सहभागी हुन नेपाली राष्ट्रिय फुटबल टोली संयुक्त अरब इमिरेट्स (यूएई) गएको छ।
सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि दोस्रो चरणको खेल समेत खेल्ने टोली आइतबार दिउँसो त्यसतर्फ गएको हो।
नेपाली टोलीले कात्तिक ३० गते युएईसँग दुबईमा खेल्नेछ। दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो। त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ।
यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल्नेछ।
कात्तिक २६, २०८० आइतबार १६:४७:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।