लागुपदार्थ तस्करीको आरोपमा भियतनाममा १८ जनालाई मृत्युदण्डको फैसला

लागुपदार्थ तस्करीको आरोपमा भियतनाममा १८ जनालाई मृत्युदण्डको फैसला
सांकेतिक तस्बिर

एजेन्सी : भियतनाममा लागुपदार्थ तस्करीको आरोपमा दुई दक्षिण कोरियालीसहित १८ जनालाई मृत्युदण्डको फैसला सजाय दिइएको छ। 

विश्वमा सबैभन्दा कडा लागु पदार्थसम्बन्धी कानुनहरू रहेको भियतनाममा १८ जनालाई मृत्युदण्डको सजाय सनाइएको छ।

सरकारी मिडियाअनुसार दक्षिण कोरियाका ६३ वर्षीय पूर्वप्रहरी अधिकारी किम सुन–सिक र अर्का ३० वर्षीय काङ सियोन-होकलाई चार दिनसम्मको सुनुवाइपछि मृत्युदण्डको फैसला सुनाइएको हो।

समाचारमा एक सय ६८ किलोग्रामभन्दा बढी ‘सबै प्रकारका लागु पदार्थ’ बरामद गरिएको उल्लेख छ। वुका अनुसार लागुपदार्थको तस्करी कम्बोडियाबाट हो चि मिन्ह सिटीसम्म गरिएको थियो। 

उक्त सहरमा केही घरेलु प्रयोग गरिएको थियो भने अरू दक्षिण कोरिया लगिएको थियो।

कात्तिक २६, २०८० आइतबार १५:५८:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।