यस वर्ष प्रधानमन्त्री निवासमा बालुवाटारमा देउसी भैला नहुने

यस वर्ष प्रधानमन्त्री निवासमा बालुवाटारमा देउसी भैला नहुने
फाइल फोटो

काठमाडौं : यस वर्षको तिहारमा प्रधानमन्त्री निवास बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने भएको छ।

गत असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकाले यस वर्ष बालुवाटारमा देउसी भैलो कार्यक्रम नहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री पत्नी दाहालको गत असार २७ गते निधन भएको थियो।

कात्तिक २६, २०८० आइतबार १५:४४:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।