देश बनाउन सकेमात्र शुभकामना काम लाग्छ : रविन्द्र मिश्र

देश बनाउन सकेमात्र शुभकामना काम लाग्छ : रविन्द्र मिश्र
फाइल फोटो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) उपाध्यक्ष रविन्द्र मिश्रले देश बनाउन सकेमात्र शुभकामना काम लाग्ने बताएका छन्।

आज आइतबार राप्रपा दोलखा-काठमाडौं उपत्यका सम्पर्क समाजद्धारा आयोजित देउसी भैलो, चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देश बन्यो भने शुभकामना नदिँदा पनि देशको शुभ हुने बताए।

‘यो औपचारिकतामात्रै हो। शुभकामना त्यति बेलामात्रै लाग्छ, जतिबेला हामी यो देश बनाउन सक्छौं। देश बन्यो भने हामी सबैले सबैलाई शुभकामना नदिँदापनि देशको शुभ हुन्छ,’ उनले भने। 

कात्तिक २६, २०८० आइतबार १५:०६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।