नवलपरासी जीप दुर्घटना [अपडेट] ः मृतकको संख्या सात पुग्यो

नवलपरासी जीप दुर्घटना [अपडेट] ः मृतकको संख्या सात पुग्यो
फाइल फोटो

काठमाडौं : नवलपरासीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या सात पुगेको छ। गम्भीर घाइते भएका एक जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। 

मृतक ५ जनाको पहिचन भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा जीप चालक बौंदीकाली गाउँपालिका-६ माझडाँडाका २९ वर्षका छनबहादुर आले, सोही वडाको लाहटेकी ५२ वर्षीया कुमारी राना, माझडाँडाकै ५५ वर्षीय टेकमान वानटक्की छन्।

यस्तै, बुलिङटार-४ चुलिबोझकी १२ वर्षीया करिष्मा ठाडा, मध्येविन्दु २ मदनपुरका १८ वर्षीय चिरन अर्यालको पनि पहिचान खुलेको छ।

दुई जनाको पहिचान खुल्न बाँकी रहेको डीएसपी वेदबहादुर पौडेलले जानकारी दिए। 

जिल्लाको बुलिङटारबाट कावासोतीका लागि हिँडेको लु २ ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा दुर्घटनामा परेको थियो।  दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

कात्तिक २६, २०८० आइतबार १४:५६:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।