कस्तो छ प्रहरीको तिहार लक्षित सुरक्षा योजना?

कस्तो छ प्रहरीको तिहार लक्षित सुरक्षा योजना?
फाइल फोटो

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार र छठलगायतका चाडपर्वमा प्रहरीले देशभरको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ।

देशैभर शान्ति सुरक्षा कायम गर्न प्रहरीले ५० हजार ३ सय प्रहरी कर्मचारी खटाएको जनाएको छ।

चाडपर्वमा बढ्नसक्ने चोरी, ठगी, लुटपाट, अपराध र झै-झगडाका घटना न्यूनीकरण गर्न प्रहरी परिचालनमा कडाइ गरिएको नेपाल प्रहरीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ। 

चाडवाडमा नागरिकको जनधनको सुरक्षाका लागि प्रहरीले निगरानी बढाइरहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए। 

त्यस्तै प्रहरलिे चाँडवाडमा हुनसक्ने दुर्घटनालार्ई मध्यनजर राख्दै मादक पदार्थ सेवन चेकजाँच, सवारी चेकजाँच तथा विभिन्न ठाँउमा सुरक्षा चेकजाँचमा कडाइ गरेको छ। 

काठमाडौंं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेसराज मैनालीले यो समयमा बहुमूल्य गर गहना लगाएर भिडभाडमा नजान समेत आग्रह गरेका छन्।

तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शान्ति र सुरक्षालार्ई मजबुद बनाउन लंगुरबुर्जा, जुवा र तासलगायत हारजित हुने खेल खेल्ने वा खेलाउने कार्य नगर्न र नगराउन उपत्यका प्रहरी कार्यालयले सचेत गराएको छ। 

यस्तो कार्य गरेको पाइए कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ।

यसैगरी, पटाका, आतिसबाजीजस्ता विस्फोटक पदार्थको कारोबार नगर्न, मादकपदार्थ सेवन (मापसे) र लागूपदार्थ सेवन गरी सवारीसाधन नचलाउन, यात्राको क्रममा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान समेत प्रहरीले अनुरोध गरेको छ।

कात्तिक २६, २०८० आइतबार १४:१८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।