विश्वकप क्रिकेट : समूह चरणको अन्तिम खेलमा भारतले टस जित्यो

विश्वकप क्रिकेट : समूह चरणको अन्तिम खेलमा भारतले टस जित्यो

काठमाडौं : विश्वकप क्रिकेटको अन्तिम लिग खेलमा भारतले नेदरल्यान्ड्सविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

अक्टोबर ५ बाट सुरू भएको एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम लिग खेल नेपाली समयअनुसार सवा २ बजे बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुँदैछ।

भारतले अहिलेसम्म खेलेका सबै आठ खेल जितेर सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा भारतले बुधबार (१५ नोभेम्बर) मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्याण्डको सामना गर्नेछ।

जबकि नेदरल्यान्ड्स टोलीले अहिलेसम्म आफ्नो आठ खेलमध्ये दुईमा मात्रै जित हासिल गर्न सकेको छ।

भारतले आजको खेल जितेमा २००३ को विश्वकपमा लगातार आठ जितको कीर्तिमानलाई थप सुधार गर्नेछ।

भारतीय टोली : रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), सूर्यकुमार यादव, रविन्द्र जडेजा, कुलदीप यादव, मोहम्मद शामी, जसप्रित बुमराह र मोहम्मद सिराज।

नेदरल्यान्ड्स टोली : स्कट एडवर्ड्स (कप्तान र विकेटकीपर), म्याक्स ओ'डाउड, कोलिन एकरम्यान, सिब्रान्ड एन्जेलब्रेच, बास डे लाइड, तेजा एनडामानुरु, लोगान भ्यान बेक, रोएलोफ भान डर मर्वे, आर्यन दत्त र भ्याल भान मिकरेन।

कात्तिक २६, २०८० आइतबार १३:५५:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।