भारतको उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ कामदार फसे

भारतको उत्तराखण्डमा सुरुङ भत्किँदा ३६ कामदार फसे

एजेन्सी : भारतको उत्तराखण्डको उत्तरकाशीमा निर्माणाधीन सुरुङको एक भाग भत्किँदा ३६ जना कामदार सुरुङमा फसेका छन्।

समाचार एजेन्सी पीटीआईले उत्तरकाशी एसपी अर्पण यदुवंशीलाई उद्धृत गर्दै सुरक्षाा निकाय र उद्धारको सरकारी टोली घटनास्थल पुगेको बताएका छन्।

उनले भने, ‘अभिलेख अनुसार सुरुङभित्र करिब ३६ जना मजदुर फसेका छन्। उनीहरूको उद्धारका लागि युद्धस्तरमा काम भइरहेको छ।’

एसपी यदुवंशीले सबैलाई सकुशल बाहिर निकालिने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन।

यो सुरुङ डण्डलगाउँ र सिल्कियारा जोड्न निर्माण भइरहेको राष्ट्रिय राजमार्गको एक हिस्सा हो।

उत्तराखण्ड, हिमाचल लगायतका राज्यमा विकास निर्माण, दैनिक ज्यालादारी र अन्य काममा अधिकांश नेपाली कामदार हुने गर्छन्।

यद्यपि अहिलेसम्म भारत सरकारले त्यहाँ फसेकाहरूको विवरण सार्वजनिक गरेको छैन।

कात्तिक २६, २०८० आइतबार १३:४९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।