नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं : पूर्वी नवलपरासीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी एक जना गम्भीर घाइते भएका छन्। 

जिल्लाको बुलिङटारबाट कावासोतीका लागि हिँडेको लु २ ज ३२७० नम्बरको जिप  देवचुली नगरपालिका-९ स्थित एसमोडमा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

दुर्घटनामा परी मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन्।

घाइतेलाई उपचारका लागि चितवन पठाइएको र उनको वअसथा चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलन नसकेको प्रंहरीले जनाएको छ। घटना बारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ। 
 

कात्तिक २६, २०८० आइतबार १३:४७:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।