इजरायली सेनाले भन्यो- अस्पतालमा आक्रमण गरेका छैनौं तर हमास लडाकुसँग ‘द्वन्द्व’ चाहिँ भएको हो

इजरायली सेनाले भन्यो- अस्पतालमा आक्रमण गरेका छैनौं तर हमास लडाकुसँग ‘द्वन्द्व’ चाहिँ भएको हो

एजेन्सी : इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो अस्पताल अल-शिफामा आक्रमण गरेको आरोप अस्वीकार गरेको छ।

तर गाजापट्टीको उत्तरमा रहेको क्षेत्रमा हमास लडाकुहरूसँग ‘द्वन्द्व’ भएको भने स्वीकार गरेको छ।

गाजा शहरको अस्पतालका एक शल्यचिकित्सकले अस्पतालमा पानी, खाना र बिजुलीको अभाव भएको र सघन उपचार कक्ष आईसीयू केयरमा प्रहार भएको बताएका थिए।

चिकित्सकहरूले दुई जनाको मृत्यु भएको र अन्य ३७ जनालाई नकारात्कम असर परेको जानकारी गराएपछि इजरायलले आइतबार बच्चाहरूलाई ‘सुरक्षित अस्पताल’मा निकाल्न मद्दत गर्ने बताएको छ।

गाजाबाट टाढा तर इजरायली सेनाले कब्जा गरिएको वेस्ट बैंकमा, दर्जनौं मानिसहरूले जेनिन शरणार्थी शिविरमा इजरायली आक्रमणमा मारिएका ११ प्यालेस्टिनीहरूको अन्त्येष्टिमा सहभागी थिए।

यसैबीच, इजरायली रक्षामन्त्री योभ गैलान्टले लेबनानी मिलिशिया हिजबुल्लाहलाई इजरायलले गाजामा गरिरहेको क्रियाकलाप बेरुतमा पनि गर्नसक्ने चेतावनी दिएका छन्। उनले इरान समर्थित समूह हिजबुल्लाहसँग युद्ध हुनसक्ने संकेत गरेका हुन्।

इजरायलले गाजामा सात अक्टोबरमा हमासको घातक हमलाको प्रतिक्रियाको रूपमा गाजामा प्रतिशोधात्मक आक्रमण सुरू गर्दा अहिलेसम्म इजरायललमा १२ सय र गाजामा ११ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

कात्तिक २६, २०८० आइतबार ११:३५:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।