भारतीय क्रिकेटमा ३६ वर्षपछि जुरेको संयोग
एजेन्सी : भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटको अन्तिम लिग खेलमा घरेलु टोली र नेदरल्यान्ड्स आमने सामने हुँदैछन्।
दीपावलीको दिन हुने यो खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ। तर, दीपावलीको दिन भारतीय टोलीले खेलेको यो पहिलो विश्वकप भने होइन।
भारतीय टोलीले सन् १९८७ मा दिपावालीमा आफ्नो पहिलो विश्वकप खेलेको थियो। त्यतिबेला भारतले अस्ट्रेलियाको सामना गरेको थियो।
भारतमा भएको पहिलो क्रिकेट विश्वकपको त्यो खेल दिल्लीमा खेलिएको थियो। त्यो दिन २२ अक्टोबर थियो।
त्यस खेलको उत्कृष्ट खेलाडी अजहरुद्दिन घोषित भएका थिए।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा २८९ रनको स्कोर बनाएको थियो।
भारतका कूल चार खेलाडी सुनिल गावस्कर (६१), नवजोत सिद्धु (५१), दिलीप भेङ्गसरकर (६३) र मोहम्मद अजहरुद्दिन (५४) ले अर्धशतक बनाएका थिए।
२९० रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाको टोली २३३ रनमै समेटिएको थियो। डेभिड बुन (६२) बाहेक अन्य कुनै खेलाडीले अर्धशतक बनाउन सकेनन्।
अझ चाखलाग्दो कुरा के छ भने ब्याटिङका लागि चर्चित अजहरुद्दिनले उक्त खेलमा ३.५ ओभर मात्र बलिङ गरेर तीन अस्ट्रेलियाली खेलाडीलाई आउट गरेका थिए।
कात्तिक २६, २०८० आइतबार ११:०४:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।