पाकिस्तानलाई पराजित गरेसँगै इंग्ल्याण्डले अर्को साल पाकिस्तानमै च्याम्पियन्स ट्रफि खेल्ने

पाकिस्तानलाई पराजित गरेसँगै इंग्ल्याण्डले अर्को साल पाकिस्तानमै च्याम्पियन्स ट्रफि खेल्ने

काठमाडौं : भारतमा जारी आईसीसी विश्वकप क्रिकेटको आफ्नो अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ।

३ सय ३८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४३.३ ओभरमा २ सय ४४ रनमा अलआउट भयो।

पाकिस्तानका लागि आगा सलमानले ४५ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ५१ रन बनाएर एकमात्र अर्धशतक पूरा गरे।

कप्तान बाबर आजमले ४५ बलमा ६ चौका प्रहार गर्दै ३८ रन बनाए।

मोहम्मद रिजवानले ३६ रन र साउद शकीलले २९ रन बनाए। बलर जोडी शाहिन शाह अफ्रिदी २२ बलमा २५ र हरिस रउफले २३ बलमा ३५ रन बनाएका थिए।

अब्दुल्लाह शफिकले रन बनाउन सकेनन् भने उनका ओपनिङ पार्टनर फखर जमानले मात्र १ रनमा आउट भए। इफ्तिखार अहमदलले ३ र शादाब खानले ४ रन जोडे। मोहम्मद वासिम १८ रनमस नटआउट रहे।

इंग्ल्यान्डका लागि डेभिड विलीले ३ विकेट लिए। गस एटकिन्सन, मोइन अली र आदिल रसिदले समान २ विकेट लिए। क्रिस वोक्सले १ विकेट लिए।

पहिलो टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३७ रन बनाएको थियो।

इंग्ल्याण्डका लागि बेन स्टोक्स, जो रुट र जोनी बेयरस्टोले अर्ध शतक बनाए। स्टोक्सले सर्वाधिक रन बनाउने क्रममा ७६ बलमा ११ चौका र २ छक्काका साथ ८४ रनको योगदान थिए।

रुटले ७२ बलमा ४ चौका प्रहार गर्दै ६० रन बनाए। ओपनर बेयरस्टोले ६७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५९ रन बनाए।

अर्का ओपनर डेविड मलानले ३९ बलमा ५ चौका प्रहार गर्दै ३१ रन बनाए। ह्यारी ब्रुकले १७ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे। कप्तान जोस बटलरले पनि १८ बलमा २७ रन थपे।

डेभिड विलीले ५ बलमा १५ रन बनाए। मोइन अलीले रन बनाउन सके भने गस एटकिन्सन शून्यमा आउट भए। क्रिस वोक्स ४ रन र आदिल राशिद बिना रन नटआउट रहे।

पाकिस्तानका हसिफ रउफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र मोहम्मद वासिम जुनियरले समान २ र इफ्तिकार अहमदले १ विकेट लिए।

इङ्ग्ल्याण्ड यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको थियो। पाकिस्तानसँग सेमिफाइनल पुग्ने लगभग असम्भव अवसर थियो।

उता पाकिस्तानलाई पराजित गरेसँगै इंग्ल्याण्डले आगामी वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफि खेल्न पाउने भएको छ। जारी विश्वकपको शीर्ष आठ टिमले आगामी वर्ष पाकिस्तानमा हुने च्याम्पियन्स ट्रफि खेल्नेछ।

लिग चरणमा पाकिस्तान ९ मध्ये ४ जितसहित पाँचौं स्थानमा आफ्नो यात्रा सकेको छ। इंग्ल्याण्ड ३ जितसहित सातौं स्थानमा छ।

कात्तिक २६, २०८० आइतबार ०८:१२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।