भारतद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास

भारतद्वारा चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास

एजेन्सी : भारतीय सेनाले चीनसँग जोडिएको पूर्वोत्तर क्षेत्रमा हवाई अभ्यास गरेको छ। भारतीय सेनाको वायुसेना र स्थलसेनाले चीनको सीमा नजिक पूर्वोत्तर क्षेत्रमा संयुक्त हवाई अभ्यास गरेका हुन्।

‘पूर्वी आकाश’ नाम दिइएको यो सैन्य अभ्यास इस्टर्न एयर कमाण्ड (ईएसी) ले ३० अक्टोबरदेखि ४ नोभेम्बरसम्म सञ्चालन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।

यस अभ्यासले इस्टर्न एयर कमाण्डको सैन्य तयारी क्षमतालाई दर्शाएको एएनआईले जनाएको छ ।

यस अभ्यासका क्रममा ‘सुदर्शन’ एस ४०० हवाई प्रतिरक्षा प्रणाली पनि सम्मिलित रहेको एएनआईले जनाएको छ। 

कात्तिक २५, २०८० शनिबार २१:५०:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।