दुई सय ९० किलो गाँजासहित दुई जना पक्राउ

दुई सय ९० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं : महोत्तरीमा दुई सय ९० किलो ग्राम गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सम्सी गाँउपालिकाबाट जलेश्वरतर्फ गइरहेको ना ५ ख ९७११ नम्बरको ट्रकलाई प्रहरीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उक्त परिमाणको गाँजासहित दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

पक्राउ पर्नेमा ट्रकचालक मकवानपुरका बकैया गाउँपालिका-७ का २५ वर्षीय लिलाबहादुर थिङ र सहचालक मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१३ का राजेश घलान रहेका छन्।

चेकजाँच गर्दा ट्रकको फल्स बटनमा लुकाईछिपाई राखेको गाँजा फेला परेको प्रहरीले जनाएको छ। उनीहरुमाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

कात्तिक २५, २०८० शनिबार २१:२६:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।