भूकम्पको मौका छोपेर सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्यो : सभापति लामिछाने

भूकम्पको मौका छोपेर सरकारले स्टक एक्सचेन्जको नयाँ धन्दा सुरु गर्यो : सभापति लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भूकम्पको मौका छोपेर सरकारले नयाँ धन्दा सुरु गरेको आरोप लगाएका छन्। 

शनिबार राष्ट्रिय स्वतन्त्र पार्टीद्धारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उनले भूकम्पपीडितको चिन्ता गरेजस्तो गरेर सरकारले काठमाडौंमा स्टक एक्सचेन्जको नयाँ धन्दा थालेको आरोप लगाएका हुन् ।

जाजरकोटको चिसोमा राम्रो ओड्ने ओछ्याउने नपाएर बसेका जनताको चिन्ता गरेजस्तो गरेको सरकारले सुटुक्क जनता झुक्याएको टिप्पणी गरे।

उनले भने, ‘सरकार के गर्दै छ भनेर हामीले ध्यान दिँदा हिजो साँझ सुटुक्क सबैलाई झुक्याएर भोलिपल्टदेखि बिदा हुँदै छ भन्ने थाहा पाएर स्टक एक्सचेन्जको लागि नयाँ धन्दा सुरु गरेछ। हामीलाई लागेको थियो सरकार जनतालाई ध्यान दिन्छ भनेर तर सरकार जनतालाई झुक्याउने काममा व्यस्त रहेछ।’

उनले केही काम नहुनेले राजनीतिकै भरमा भ्रष्टाचार गरेको पैसाले मोजमस्ती गरेको आरोप समेत लगाए । 

कात्तिक २५, २०८० शनिबार २०:३४:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।