जाजरकोट भूकम्प : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनर्निर्माणको काम थाल्ने, मृतकका परिवारलाई दुई लाख दिने

जाजरकोट भूकम्प : कर्णाली प्रदेश सरकारले तिहारपछि पुनर्निर्माणको काम थाल्ने, मृतकका परिवारलाई दुई लाख दिने
फाइल फोटो

काठमाडौं : कर्णाली प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिममा पुनःस्थापना र पुनर्निर्माणको काम तिहारपछि थाल्ने भएको छ। 

शुक्रबारको बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पका कारण ध्वस्त भएका संरचनाको पुनर्निर्माण तिहारपछि शुरु गर्ने निर्णय गरेको हो। 

मन्त्री परिषद्का निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण बहादुर जिसीले स्थायी आवास निर्माणको लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्था संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए।

त्यस्तै, भूकम्पमा ज्यान गुमाएकाका परिवारलाई प्रति परिवार दुई लाख रकम र घाइतेहरूको उपचारका लागि तत्काल राहत उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

कात्तिक १७ गते जाजरको रामीडाँडा केन्द्रविन्दु  भएर गएको भूकम्पमा परी १ सय ५४ जनाले ज्या गुमाएका थिए। सयौं घाइते भएका छन्। हजारौं घरवारविहीन भएका छन्। 

कात्तिक २५, २०८० शनिबार २०:०५:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।