उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच सिंहदरबारमा भेटवार्ता

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बतका सचिव वाङ चुनचङले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्।

सचिव चुनचङले शनिवार साँझ सिंहदरबारस्थित गृह मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग भेटवार्ता गरेका हुन्।

गत कार्तिक २२ गते बुधवार नेपाल भ्रमणमा आएका उनले यसअघि राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरिसकेका छन्। 

भेटवार्ताको क्रममा आफ्नो नेपाल भ्रमणको मुख्य उद्देश्य दुई मुलुकबीच भएका महत्वपूर्ण सहमतिहरु कार्यान्वयनमा जोड दिनु रहेको सचिव वाङले बताएका छन्। 

कात्तिक २५, २०८० शनिबार १९:४३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।