भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि कांग्रेस महामन्त्रीले भने- मंसिर मसान्तभित्रै भूकम्प पीडितका लागि आवास निर्माण गरिसक्नुपर्छ

भूकम्प प्रभावित क्षेत्रबाट फर्केपछि कांग्रेस महामन्त्रीले भने- मंसिर मसान्तभित्रै भूकम्प पीडितका लागि आवास निर्माण गरिसक्नुपर्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन कुमार थापाले कात्तिक १७ गते राति गएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि मंसिर मसान्तभित्रै अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव दिएको छ। 

प्रभावित क्षेत्रको अवलोकन गरी फर्केका उनीहरुले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै पुसको जाडोमा पीडितको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिर भित्रै सम्पन्न गरिसक्न सुझाव दिएका हुन्।

स्थायी रुपमा सिकाई केन्द्र बनाएर भूकम्प प्रभावित क्षेत्रका बालबालिकाको पठनपाठनको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराइएको महामन्त्री गगन थापाले बताए।

अस्थायी आवास निर्माणको जिम्मेवारी प्रदेश र स्थानीय सरकारलाई दिन र त्यसका लागि अवश्यक रकम नागरिकको हातमा तत्काल पुग्ने गरी आवश्यक व्यवस्था गर्न मन्त्रिपरिषद् बैठक बोलाउन पनि सरकारसँग माग गरिएको थापाले उल्लेख गरे। 

‘अब जाडो  सुरु भइसकेको छ। अस्थायी टहरा बनाउने काम त्यहाँ करिब करिब ५०/६० हजार बनाउनु पर्नेछ। किनकी त्यति धेरै घरहरू बस्न नमिल्ने अवस्थामा छन्,' उनले भने।

कात्तिक २५, २०८० शनिबार १९:२७:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।