सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त : रामकुमारी झाँक्री

सामाजिक सञ्जालको अनियन्त्रित प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त : रामकुमारी झाँक्री
फाइल फोटो

काठमाडौं : एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको बताएकी छिन्। 

शनिबार काठमाडौंमा समाजवादी प्रेस संगठनद्वारा आयोजित शुभकामना आदानप्रदान तथा देउसी सांस्कृतिक कार्यक्रममा बोल्दै उनले अनियन्त्रित ढङ्गले बढ्दो सामाजिक सञ्जालको प्रयोगले समाज र संस्थागत संरचना ध्वस्त पारेको भन्दै यसको नियन्त्रणको पक्षमा सबैलाई उभिन आग्रह गरिन्।

उनले भनिन्, ‘यसले समाजलाई र संस्थागत संरचना ध्वस्त गरेको छ। अनियन्त्रित ढङ्गले आएको सामाजिक सञ्जालको नियन्त्रणका पक्षमा तपाईंहरु सबैजना उभिनु पर्छ।’

उनले सरकारले सामाजिक सञ्जाललाई नियमन गर्न निर्देशन दिएको भन्दै प्रभावकारी कार्यान्वयनको सबैले स्वागत गर्नुपर्ने बताइन्। 

कात्तिक २५, २०८० शनिबार १९:०३:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।