विश्वकप क्रिकेट : इंग्ल्याण्डद्धारा पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य प्रस्तुत

विश्वकप क्रिकेट : इंग्ल्याण्डद्धारा पाकिस्तानसामु ३ सय ३८ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानसामु ३ सय ३८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको गुमाएर ३ सय ३८ रन बनायो। 

उसका लागि बेन स्टोक्सले सर्वाधिक ८४ रन बनाए। जो रुट, डेभिड मलानल र ह्यारी ब्रुकले क्रमशः ६०, ३१ र ३० रन जोडे। 

पाकिस्तानका ह्यारिस राउफले ३ तथा शाहीन शाह अफ्रिदी र मोहम्मद वसिमले २/२ विकेट लिए। पाकिस्तानले केहीबेरमा ब्याटिङ गर्नेछ। 
 

कात्तिक २५, २०८० शनिबार १८:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।