सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितहरूका लागि खाद्यान्न सहयोग
काठमाडौं : सिद्धार्थ बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिम भूकम्पका पीडितहरुका लागि राहतस्वरूप खाद्यान्न सामग्री सहयोग प्रदान गरेको छ।
बैंकले जिल्ला विपद् व्यवस्थापन समिति रुकुम पश्चिमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई ४सय ५० भन्दा बढी घर परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्रीहरूको राहत प्याकेज बनाइ हस्तान्तरण गरेको हो।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरूको उद्दार र पुनःस्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तीय संस्थाको रूपमा सहभागिता जनाउँदै आएको छ।
कात्तिक २५, २०८० शनिबार १७:५२:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।