सिकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, एक जना पक्राउ

सिकारीले चलाएको गोली लागेर सशस्त्र प्रहरी जवानको मृत्यु, एक जना पक्राउ

दाङ : दाङमा सिकारीले हानेको गोली लागेर एक जना सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ हर्नियाका जुगारु चौधरी रहेका छन्।

चौधरीको हत्या आरोपमा प्रहरीले घोराही-५ बरलाबोटका ५५ बर्षीय शेरबहादुर केसीलाई भरूवा बन्दुकसहित शनिबार प्रकाउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनक मल्लले बताए।

बिहीबार सशस्त्र प्रहरी जवान चौधरीको स्थानीय जनसेवा सामुदायिक वनमा पात टिप्न गएको बेला शिकार खेल्न गएका शेरबहादुर केसीले चलाएको गोलीको छर्रा छातीमा लागेर मृत्यु भएको डीएसपी मल्लले बताए।

मृतक चौधरी सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर तौलिहवा कपिलवस्तुमा गणमा कार्यरत थिए ।

कात्तिक २५, २०८० शनिबार १४:५४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।