स्वास्थ्यमन्त्री बस्नेतले भने- केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पतालको बदनाम गरे

स्वास्थ्यमन्त्री बस्नेतले भने- केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पतालको बदनाम गरे
फाइल फोटो

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताललाई बदनाम गर्ने काम केही स्वार्थी कर्मचारी र विचौलिया गरिरहेको बताएका छन्।

शनिबार बिहान वीर अस्पताल सरसफाई अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले वीर अस्पतालकै तलब खाने तर व्यक्तिगत स्वार्थ पूरा नभएपछि वीर अस्पताललाई बदनाम गर्ने, गालीगलौज गर्ने काम पनि अस्पताल भित्रकै बिचौलियाले गरेको बताए। 

‘केही स्वार्थी कर्मचारी र विचौलियाले वीर अस्पताल बदनाम गर्ने गरेका छन्। उनीहरूले आफ्नो स्वार्थ पूरा गर्न तल्लो वर्गका कर्मचारी उचाल्ने गरेका छन्’, उनले भने। 

देशको जेठो र सबैभन्दा ठूलो अस्पतालको ख्याति कमाएको वीर अस्पतालमा देशभरी कै दक्ष चिकित्सक र स्वास्थ्यकर्मी रहेको दावी गर्दै वीर अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा मन्त्री बस्नेतले जोड थियो। 

केही समयदेखि वीर अस्पतालमा सुधार देखिएको बताउँदै मन्त्री बस्नेतले आफूले स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेपछि वीरमा विपन्नका लागि जनरल बेड निःशुल्क गरेको, ओपिडी बिहान ८ बजेदेखि नै सञ्चालन गरेको दाबी समेत गरे। 

कात्तिक २५, २०८० शनिबार १४:३९:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।