चिसोले कठ्याङ्ग्रिएर जाजरकोटमा २ जना भूकम्पपीडितको मृत्यु
जाजरकोट : जाजरकोटममा चिसोले कठ्याङ्ग्रिएर २ जना भूकम्पपीडितको मृत्यु भएको छ।
नलगाड नगरपालिका-४ कालाच्युराका ७७ वर्षीय गोपाल रावल र ४५ वर्षीय पम्फा रावलको चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।
दीर्घरोगी रावल ७७ वर्षीय रावल भूकम्प जानुभन्दा एक साता अघि नगर अस्पताल दिल्लीमा उपचार गरी घर फर्किएका थिए।
भूकम्प गएपछि बारीको पाटामा त्रिपालमुनि बस्नु परेपछि उनको स्वास्थ्य बिग्रँदै गएको र बिहीबार साँझ मृत्यु भएको बताइएका छ।
त्यस्तै, मायाडाँडाका ४५ वर्षीया पम्फा रावलको पनि बिहीबार दिउँसो निधन भएको जनाइएको छ।
भूकम्पले घर भत्काएपछि त्रिपालमुनी बसिरहेका उनीहरुको स्वास्थ्यमा समस्या देखिएपछ नगर अस्पताल दल्ली लगिएको थियो।
कात्तिक १७ गते गएको भूकम्पमा परी १५४ जनाको मृत्यु भएको थियो। सयौं घाइते भएका थिए। हजारौं घरबारविहिन भएका छन् उनीहरु खुला चौरमा त्रिपालको साहारामा बसिरहेका छन्।
चिसो भुइँमा ओछ्याउने र ओड्नेको अभाव हुँदा चिसो मौसममा दीर्घरोगी, वृद्धवृद्धा, सुत्केरी र बालबालिका बिरामी पर्न थालेका छन्।
कात्तिक २५, २०८० शनिबार १४:१६:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।