फूडमान्डुको १३ वर्ष पूरा, ग्राहकलाई ५१ प्रतिशतसम्मको छुट

फूडमान्डुको १३ वर्ष पूरा, ग्राहकलाई ५१ प्रतिशतसम्मको छुट

काठमाडौं : फूड डेलिभरी कम्पनी फूडमान्डुले स्थापनाको १३ वर्ष पूरा गरेको छ।

१३ वर्षको अवधिमा ग्राहकको कम्पनीसम्मको पहुँच सहज भएको फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारी बताए।

‘आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ। हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पु¥याउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ।’

फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले यसलाई महत्वपूर्ण कोशेढुंगाको संज्ञा दिँदै ग्राहकहरूलाई धन्यवाद दिए। साथै उनले ग्राहकको लागि ‘टिन इयर म्याजिक’ अफर ल्याएको बताए।

अफर अन्तर्गत कम्बोमा ५१ प्रतिशतसम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशतसम्म फ्ल्याट छुटसहित विभिन्न अफरहरू प्रदान गरिएको छ।

वार्षिकोत्सवलाई उत्साहपूर्ण बनाउन कम्पनीले विभिन्न रेष्टुरेन्टहरूबाट निःशुल्क मिठाइहरू प्रदान गरेको छ। साथै मःमः, चिकेन विङ्ग जस्ता अर्डरहरूमा ३ पिस थप गरेर १३ पिस प्रदान गरेको छ।

सुरुवातमा १० वटा रेस्टुरेन्टहरू मात्र आवद्ध रहेको फूडमाण्डुमा अहिले १ हजार ४०० रेस्टुरेन्टहरू आवद्व छन् भने २५० भन्दा बढी फुलटाइम राइडरहरू कार्यरत छन्।

कात्तिक २५, २०८० शनिबार १३:४१:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।