सेल्सबेरीले शनिबार र आइतबार ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिने

सेल्सबेरीले शनिबार र आइतबार ग्राहकलाई ३० प्रतिशतसम्म छुट दिने

काठमाडौं : सेवा सुरू गरेको ३० वर्ष पुगेका अवसरमा सेल्सबेरी डिपार्टमेन्ट स्टोरले हरेक सामान खरिदमा भारी छुटको अफर ल्याएको छ।

कम्पनीले हरेक सामान खरिदमा १० देखि ३० प्रतिशतसम्म छुट अफर ल्याएको हो। यो अफर शनिबार र आइतबार लागू हुनेछ।

खाद्यान्न लगायत घरायसी प्रयोजनका सम्पूर्ण सामानहरूमा छुट–बहारको अफर ल्याइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो छुट काठमाडौं र पोखराका सम्पूर्ण शाखाहरूमा उपलब्ध हुनेछ।

साथै ५ हजार रुपैयाँभन्दा माथिको हरेक सामान खरिदमा विशेष उपहारको समेत व्यवस्था गरिएको छ।

कात्तिक २५, २०८० शनिबार १२:५९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।