एनसेलका सात भाग्यशाली ग्राहकले पाए स्कुटर पुरस्कार

एनसेलका सात भाग्यशाली ग्राहकले पाए स्कुटर पुरस्कार

काठमाडौं : निजी क्षेत्रका टेलिकम कम्पनी एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत बम्पर पुरस्कार स्वरुप ७ जनाले १-१ वटा स्कुटर जितेका छन्।

एनसेल आजियाटा लिमिटेडले बिहीबार योजनाको अन्तिम स्कुटर वितरण गर्दै सबै ७ जना ग्राहकलाई स्कुटर हस्तान्तरण गर्ने काम सम्पन्न गरेको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले बुधबार नयाँ बानेश्वर एनसेल सेन्टरबाट एक बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका थिए।

बिहीबार कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेकी थिइन्।

अभिनेत्री केकी अधिकारी र प्रियंका कार्कीले मङ्गलबार र बुधबार विराटनगर, जनकपुर, धनगढी र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरूलाई स्कुटर हस्तान्तरण गरेका थिए।

यसबाहेक विराटनगर, जनकपुर, भैरहवा र हेटौंडाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा एनसेलका प्रतिनिधिहरू लेना केशरी कंसाकार (एक्टिङ् सीटीओ), विशाल नेगी (प्रोडक्टस् डाईरेक्टर), विशाखा लक्ष्मी खड्का (कर्पोरेट कम्युनिकेसन एण्ड सीएसआर म्यानेजर), अनुषा प्रधानाङ (ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर), र राजेश मानन्धर (कोर प्रोडक्टस् एण्ड डिभाइस म्यानेजर)को सहभागिता रहेको थियो।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्त अनुसार एनसेलको बारेमा नारा पठाउन पठाएका थिए र यस अवधिमा देशभरका ग्राहकबाट कम्पनीले ४५ हजारभन्दा बढी नाराहरू प्राप्त गरेको थियो।

कात्तिक २५, २०८० शनिबार १२:३२:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।